साताको पहिलो दिन सुनको मूल्य घट्यो

काठमाडौँ–साताको पहिलो दिन सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ७० हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तीन सय रुपैयाले घटेर ७० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ६९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार तेजाबी सुनको मूल्य तोलामा ७० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

विज्ञापन

चाँदीको मूल्य स्थिर रहेर आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

अशोज २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्