बेल्डाँगी शरणार्थी शिविरमा आगलागी, ९ वटा छाप्रा जले

झापा- झापाको दमक-३ स्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी हुँदा ९ वटा छाप्रा जलेका छन्।

शरणार्थी फूलमाया राईको छाप्राबाट सल्केको आगोले शिविरका नौ वटा छाप्रा पूर्ण रुपमा नष्ट भएको दमक ३ का वडाध्यक्ष नविन बरालले बताए।
आगलागी नियन्त्रणका क्रममा केही छाप्रा भत्काइएको थियो।

विज्ञापन

आगलागी नगरपालिकाको वारुणयन्त्र, स्थानीयबासी, सुरक्षाकर्मी तथा शरणार्थीहरुको संयुक्त प्रयासबाट नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाले जानकारी दिए।

आगलागी नियन्त्रणका क्रममा शरणार्थी महिला फूलमाया राई सामान्य घाईते भएकी छिन्।

अशोज २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू