सगरमाथा-झामोलोङमा संरक्षण सहयोग

यस्ता छन् नेपाल-चीनबीच भएका २० सहमति र समझदारी

काठमाडौँ– नेपाल र चीनबीच आपराधिक मामिलामा सुपुदर्गी सन्धीको पहिलो कदम मानिने आपसी कानुनी सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर र सगरमाथा-झामोलोङमा संरक्षण सहयोगका लागि समझदारी भएको छ ।

चिनियाँ राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार सम्बन्धीत दुई पक्षीय मन्त्री र अधिकारीहरुबीच २० वटा सहमति र समझदारी पत्र आदान प्रदान भएका छन्।

आपसी कानुनी सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएता पनि सुपुदर्गी सन्धीले भने औपचापिरक रुप पाएन। उच्च सरकारी स्रोतका अनुसार यो संन्धीले पनि छिट्टै औपचारिक रुप पाउने छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तत्व्यअनुसार नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच मुख्य परियोजना लगानीमा प्रवद्र्धनका लागि पनि समझदारी भएको छ ।

नेपालमा धेरै समयदेखि प्रधानमन्त्री तथा विभिन्न राजनीतिक तहबाट चर्चित चीन –नेपाल रेल परियोजनाबारे सम्भाव्यता अध्ययन गर्न नेपाल सरकारको भौतिक पूर्वाधार र चीनको यातायातमन्त्रालयबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

यस्तै चीनको चङडुमा नेपालको कन्सुलेट जनरल कार्यालय स्थापना गर्ने बारे पनि पत्र आदानप्रदान भएको छ।

यता काठमाडौँ महानगरपालिका र चीनको नानजिङ शहरबीच भगनी सम्बन्ध स्थापनाका लागि दुवै पक्षबीच सहमति भएको छ।

बुटुवल उपमहानगरपालिका र चीनको जियान सहरबीच पनि भगनी सम्बन्ध स्थापना गर्नेबारे पनि सहमति भएको छ।

नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनको राष्ट्रिय परम्परागत चिनियाँ औषधि प्रशासन निकायबीच परम्परागत औषधि विकासमा सहयोग गर्ने समझदारी भएको छ ।

यस्तै नेपाल सरकारको गृहमन्त्रालय र चीन सरकारको आपतकालीन व्यवस्थापन मन्त्रालयबीच विपद् उत्पन्न खतरालाई न्यूनिकरण गर्ने र आइपर्ने संकट संवोधनका लागि पनि समझदारी भएको छ ।

चीनको ‘सुप्रिम पिपुल्स प्रोक्युरेटर’ र नेपालको महान्यायाधिवक्ताको कार्यालयबीच पनि आपसी सहयोगका लागि पनि सम्झादारीमा हस्ताक्षर भएको छ । तर त्यसबारे अन्य विवरण दिइएको छैन।

नेपालमा पर्यटन तथा दुई देशका जनताबीच सम्पर्क स्थापनामा उच्चतहबाट जोड दिइएको सन्दर्भमा त्रिभुवन विश्वविद्यालय र चीनमा मुख्यालय रहेको ‘कन्फ्युसियस इन्स्टिच्युट’ बीच त्रिभुवन विश्वविद्यालयमा ‘कन्फ्युसियस इन्स्टिच्युट’ स्थपना गर्ने सहमति पनि भएको छ ।

नेपालको अर्थमन्त्रालय र चीनको अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीबीच सुरुङ निर्माणमा सहयोगका लागि समझदारी भएको छ तर कुन सुरुङ निर्माणका लागि हो भन्ने खुलाइएको छैन।

त्यस्तै सीमा सुरक्षा सम्बन्धी उपकरण र कार्यालयहरुका लागि आवश्यक उपकरण सम्बन्धी पत्र पनि आदनप्रदान भएका छन्। नेपालको अर्थमन्त्रालय र चीनको वाणिजय मन्त्रालयबीच लगानी सहयोग कार्यदल स्थापनाका लागि पनि समझदारी भएको छ।

यस्तै चीनले आफ्नो सहयोगमा निर्मित १० भूकम्प मापन केन्द्र नेपाल सरकारलाई हस्तान्तरण कार्य पनि सम्पन्न  भएको छ ।

संखुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, मुगुलगायत जिल्लामा चीनले भूकम्प मापन स्टेशन निर्माण गरिदिएको छ ।

उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र चीनको वाणिजय मन्त्रालयबीच व्यापार सम्बन्धी संयुक्त कार्यदल स्थापना गर्न पनि समझदारी भएको छ।

नेपालबाट चीनमा ‘साईट्रस’ फलहरुको निर्यातका लागि ‘फाइटोसेनेटरी’ आवश्यकता सम्बन्धी प्रावधानका लागि नेपालको कृषीमन्त्रालय र चीनको भन्सार प्रशासन सम्बन्धी विभागबीच सहमति भएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई चीन विरोधी भूमिका रुपमा विकास हुन नदिने प्रतिवद्धता जनाएका छन्।
चिनियाँ राष्ट्रपति सी जिन पिङलाई होटल सोल्टीमा आफ्ना पार्टीका सचिवालय सदस्यका साथ संयुक्तरुपमा सीलाई भेट्दै प्रचण्डले नेपाल चीनको हितमा रहेको र त्यस विरुद्धका कुनै पनि क्रियाकलपा यहाँ हुन नदिने प्रतिवद्धता व्यक्त गरेको सचिवालयका एक सदस्यले बताए।

२० मिनेट सम्म भएको भेटमा सबैभन्दा पहिले अध्यक्ष प्रचण्डले नेपाल चिनको सम्बन्धबारे व्याख्या गर्दै नेपाका कारणले चीनमाथि कुनै पनि सुरक्षा चुनौति नजम्ने बताएका हुन्।

दाहाललाई उद्धित गर्दै ती सदस्यले भने,‘हामी पार्टी, सरकार र मुलुकले चीनको विकास हेर्न चाहेको र त्यसबाट आफूहरुले सिक्न समेत चाहेको छ । चीनका विरुद्ध कुनै पनि क्रियाकलाप हामी यहाँ गर्न दिन्नौँ । यसमा तपाई ढुक्क भए हुन्छ ।’

दाहालले नेपाल र चीनको सम्बन्ध ऐतिहाँसिक भएको र यसलाई अझै घनिष्ट र फलदायी बनाउन चाहेको कुरा सीलाई बताएका थिए । दाहालले त्यसका लागि दुवै मुलुकबाट दुवै मुलुकमा उच्चस्तरीय भ्रमण भइरहनु पर्ने र अहिले सीको नेपाल भ्रमणबाट आफूहरु निकै खुसी भइरहेको बताएका थिए।

त्यसपछि सीले दाहालसँगको पूर्वभेटबारे स्मरण गर्दै चीन र नेपालमा कम्युनिष्ट पार्टीले जनताको मन जितेर शासन सञ्चालन गरेको र त्यसबाट विकास संभव भएको बताएका थिए।

सीलाई उद्धित गर्दै सचिवालयका अर्का एक सदस्यले भने,‘ चीनले ठूलो संघर्ष गरेर यहाँ सम्म आइपुगेको छ। अझै विकासलाई तिव्रता दिन चाहन्छ । तर हामी हाम्रो मुलुकको मात्रै विकास चाहाँदैनौ। छिमेकी मुलुक नेपाल जस्तो देशको पनि विकास चाहान्छौँ । नेपाल आफैले विकास गरोस। हामी सहयोग गर्न सँधै तयार छौँ ।’
सीले अव दुवै मुलुकले आ–आफ्नो अनुभव आदानप्रदान गर्दै विकासमा साझेदारी गर्न सक्ने बताएका थिए।

नेपालमा स्थिर सरकार भएकाले विकासको संभावना धेरै रहेको र सबै राजनीतिक पार्टी मिलेर जनताको मन जित्नु पर्ने सुझाउन भ्याएका थिए। चिनका तर्फबाट नेपाललाई के के सहयोग गर्न सकिन्छ भन्नबारे आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल भएको र प्रधानमन्त्री ओलीको नेतृत्वको वार्तामा त्यो कार्यान्वयका लागि केही सम्झौता हुने बताएका थिए।

List of Instruments Singed and Exchanged between Nepal and China

  1. Agreement between the Governments of Nepal and the People’s Republic of China on the Boundary Management System
  2. MoU between the Governments of Nepal and the People’s Republic of China on the Exchanges and Cooperation on Governance Capacity Building
  3. Treaty between Nepal and the People’s Republic of China on Mutual Legal Assistance in Criminal Matters
  4. MoU on Mount Sagarmatha/Zhumulangma Protection Cooperation between Nepal and China
  5. MoU on Promoting Key Projects of Investment and Cooperation on Productive Capacity between the National Planning Commission of Nepal and the National Development and Reform Commission of the People’s Republic of China.
  6. Exchange of Note for Setting up a Consulate General of Nepal in Chengdu
  7. MoU between the Ministry of Physical Infrastructure and Transport of Nepal and the Ministry of Transport of the People’s Republic of China on Feasibility Study of China-Nepal Cross-Border Railway Project.
  8. Agreement between Kathmandu Metropolitan City of Nepal and Nanjing City of the People’s Republic of China on the Establishment of Sister-City Relationship.
  9. Agreement between Butwal Sub-Metropolitan City of Nepal and Xi’an City of the People’s Republic of China on the Establishment of Sister-City Relationship.
  10. MoU on Cooperation on Traditional Medicine between the Ministry of Health and Population of the Government of Nepal and the National Administration of Traditional Chinese Medicine of the People’s Republic of China.
  11. MoU between the Ministry of Home Affairs of Nepal and the Ministry of Emergency Management of the People’s Republic of China Regarding Cooperation in Disaster Risk Reduction and Emergency Response.
  12. MoU on Cooperation between the Supreme People’s Procurator of the People’s Republic of China and Office of the Attorney General of Nepal
  13. Agreement between Tribhuvan University of Nepal and Confucius Institute Headquarters of China on the Establishment of Confucius Institute at Tribhuvan University.
  14. Protocol of Phytosanitary Requirements for the Export of Citrus Fruits from Nepal to China between Department of Agriculture of the Government of Nepal and General Administration of Customs of the People’s Republic of China.
  15. MoU between the Ministry of Industry, Commerce and Supplies of the Government of Nepal and the Ministry of Commerce of the People’s Republic of China on the Establishment of Joint Working Group on Trade
  16. Delivery and Acceptance Certificate for the China-Aid Earthquake Monitoring Network Project in Nepal
  17. MoU on Establishment of Investment Cooperation Working Group between the Ministry of Finance of Nepal and the Ministry of Commerce of the People’s Republic of China
  18. MoU between the Ministry of Finance of Nepal and China International Development Cooperation Agency on Tunnels Construction Cooperation
  19. Exchange of Letter for Border Security Equipment and Office Equipment
  20. Minutes of Meeting for Feasibility Investigation of China-Aid Municipal Water Supply Improvement Project in Kathmandu Valley of Nepal
असोज २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्