बसाइँसराइले नभुलिएको एउटा संस्कृति ‘सराय नाँच’

दाङ-माधव भुसालको परिवार बसाइँसराइ गरेर लमही झरे। पहाड घर अर्घाखाँची हुदा हरेक बर्ष कोजाग्रत पूर्णिमाको दिन दिनभर सरायँ नाच नाँच्थे। रमाउथे। तर, बसाइँसराइ पछि अर्घामा निकालिने सरायँ नाचको सम्झना आइरह्यो।

त्यसपछि केही युवाहरु मिलेर २०६८ साल बाट लमहीमा सरायँ नाच तथा खड्ग जात्रा निकाले। अहिले पनि यो जात्राले निरन्तरता पाएको छ। बसाइँसराइ गरेर लोप हुन थालेको सरायँ नाच फेरि युवाको सक्रियतामा निकालिएको छ।

विज्ञापन

दाङको लमही, भालुवाङ्ग, सिसहनियामा हरेक बर्ष दसैंको पूर्णिमाको दिन सराय नाच तथा खड्ग जात्रा निकाल्ने चयन छ। कालिका भगवती मन्दिर लमहीले यस बर्ष सराय नाच निकालिएको छ।

नवौं पटक सराय निकालिएको मन्दिर व्यस्थापन समितिका कोषाध्यक्ष थानेश्वर गैरेले बताए।‘हामी बसराई सरेर यहाँ आएपछि हाम्रो पुर्खाले सुरु गरेको संस्कृति संरक्षणमा हामी लाग्यौं´उनले भने-`बसाइँसराइ गरेर थातथलो छाडेपनि हाम्रो संस्कृति भुलेका छैनौं।´

महिला, बालबालिका तथा किशोरीहरु पनि सरायमा सहभागि भएका छन। प्यूठानको लुङ्गमा ठूलो सराय नाच निस्कने गर्छ। दसैंको टिकाको दिन सरायँ निस्कने गरेको र बसाइँसराइले गर्दा सरायमा सहभागी हुन गाह्रो भएको दिपक थापाले बताए।

तर, लमहीमा निस्कने सरायँले प्यूठानमा निस्कने सरायको भोक भेटाएको अनुभव उनको छ।`बसाइँसराइ गरेर आएको १२ बर्ष भयो। चार-पाँच बर्ष त नियमित जस्तै पुगियो´उनले भने-`विस्तारै यतै मनाउन थालियो।´

दसैंको विदाई गर्न र देवि भगवतीलाई खुसी पार्न सराय तथा खड्ग जात्रा निकाल्ने परम्परा छ।पहाडी जिल्लाहरुमा यसको विशेष महत्व छ। तर, बसाई सराईले गर्दा धेरै मानिस तराई झरेपछि आफ्नो पुरानो परम्परा जगाउन उनिहरुले आफ्नै ठाउँमा मन्दिर स्थापना गरेर सराय नाच निकाल्ने गरेका हुन्।

सराय नाँच दशैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाँच हो। यो गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, दाङका विभिन्न कोट र शक्तिपिठहरुमा नाचिन्छ। यो नाच एकादशीदेखि पूर्णिमासम्म नाचिन्छ।

पहाडेहरुको बस्तीमा यो नाच देख्‍न पाइन्छ।यो एउटा खेल जस्तो पनि हो। पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी, तरबार र खुँडा नचाई एकापसमा जोडिएर सराय नाच खेलिने गरिन्छ।

अशोज २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्