दक्षिण अफ्रिकाको पाली हार, घरेलु मैदानमा भारतले जित्यो शृंखला

नयाँ दिल्ली : भारतले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टेस्ट क्रिकेट शृंखला जितेको छ। दोस्रो खेलमा आइतबार पाली र एक सय ३७ रनको जित हात पार्दै भारत २-० ले अगाडि बढ्यो।

पहिलो पालीमा दुई सय ७५ रनमा सिमित भएपछि फलो अनमा परेको दक्षिण अफ्रिका दोस्रो पालीमा चौथो दिन आइतबार एक सय ८९ रनमा समेटियो। भारतले पहिला पाली ६ सय एक रन जोडेर समाप्तीको घोषणा गरेको थियो। भारतको  पहिलो पालीमा विराट कोहलीले दुई सय ५४ र मायांक अग्रवालले एक सय ८ रन जोडेका थिए।

दोस्रो पालीमा दक्षिण अफ्रिकालाई सस्तोमा समेट्न उमेश यादब र रविन्द्र जडेजाले तीन तीन विकेट लिए। रविचन्द्रन आश्विनले पनि दुई विकेट लिए। पहिलो पालीमा भारतका आश्विनले चार, उमेशले तीन र मोहम्मद सामीले दुई विकेट लिएका थिए।

असोज २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्