शाहिद कपूरले भने, ‘बाबा आमा मलाई माफ गरिदिनुस्’

अभिनेता शाहिद कपूरले आफू बाबु बनेपछिका कठिनाइहरु व्यक्त गरेका छन्। उनले बाबु बनेपछि आफू सास फेर्न पनि संघर्ष गरिरहेको बताएका छन्। उनले आफ्ना मातापितासँग क्षमा मागेका छन्। शाहिदले आफू बाबु बनेपछि बाबु पंकज कपूर र आमा निलिमा अजिममाथि झन् धेरै सम्मान बढेको बताएका छन्।

शाहिद र उनकी पत्‍नी मिरा राजपुत तीन वर्षे छोरी मिशा र एक वर्षका छोरा जेनका मातापिता हुन्। उनले एक अन्तवार्तामा आफू बाबु बनेपछि जीवनमा के के परिवर्तन आए भनेर भनेका छन्।

विज्ञापन

 

View this post on Instagram

 

Promises to keep 🌸

A post shared by Mira Rajput Kapoor (@mira.kapoor) on

‘म बाबु हुनु अगाडि आफू केन्द्रित थिए। म स्वार्थी व्यक्ति हुँ भन्नेमा म विश्वस्त थिए। तर जब म अभिभावक बने, मैले म सारै स्वार्थी रहेछुँ भनेर महशुस गरे। अहिले म आफूलाई कहिले पनि प्राथमिकतामा राख्दिन। आफ्नो परिवार र बच्चाको बारेमा सोच्दासोच्दै दिनहरु सक्किन्छ। यो कोही बेलामा राम्रै हो।’ शाहिदले भने, ‘तर कहिलेकाँही यो दिक्कलाग्दो हुन्छ, किनभने कहिलेकाँही तपाईले आफूलाई पहिलो स्थानमा राख्नुपर्ने हुन्छ। हरेक व्यक्तिलाई आफ्नो स्वतन्त्रताको स्वास फेर्नको लागि ‘पर्सनल स्पेस’ चाहिन्छ। म यसको लागि संघर्ष गर्दैछु।’

उनले आफू अभिभावक बनेपछि बाबुआमाप्रति झन् सम्मान बढेको बताएका छन्। उनले भने, ‘मैले अहिले बुझिरहेको छु, मेरा बाबुआमाले मेरो लागि के के गर्नुभयो। मलाई थाहा छैन, मैले माफि माग्न ढिला भयो की तर आमा बाबा, मेरो बदमासी समयको लागि तपाईहरुसँग माफि चाहन्छु।’

अशोज २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्