सडक फराकिलो पार्न भन्दै बिरगञ्‍जमा हस्ताक्षर संकलन सुरु

पर्सा- बिरगञ्जको मुख्य सडक दाया-बाया २५-२५ मिटर नै फराकिलो पार्न दबाब दिदै आएको बिरगञ्ज युवा बिकाश सँघर्ष समितिले आईतबारदेखि हस्ताक्षर संकलन अभियान शुरु गरेको छ।

समिति बिरगञ्जको मुख्य सडक २५-२५ मिटर दाया बाया फराकिलो गर्न दबाब दिदै बिभिन्‍न दबाबमुलक कार्यक्रमको आयोजना गर्दै आएकोमा आईतबारदेखि हस्ताक्षर सँकलन अभियान शुरु गरेको समितिका सदस्य अकलेश साहले बताए।

विज्ञापन

उनले बिरगञ्जको मुख्य सडक सडक बिभागले सुचना जारी गरेकै २५ मिटर दाया बाया फराकिलो पार्न दबाब दिनको लागि अभियान शुरु गरिएको जानकारी दिए।त्रिभुवन राजपथ अन्र्तगत पर्ने बिरगञ्जको गण्डक चोकदेखि शँकराचार्य गेटसम्म दाया बाया २५ मिटर मुख्य सडक फराकिलो पार्ने सुचना यसअघि गरिसकेको छ।

बिभागले सुचनामार्फत छठको अन्तिम दिनदेखि सडक फराकिलो पारिने जनाएको छ ।तर,बिरगञ्जका राजनितीकर्मी,सडकमा परेका घरधनीहरुले मुख्य सडक १५ मिटर मात्रै फराकिलो पर्नुपर्ने माँग गर्दै आएका छन्।

उनीहरुले यसका लागि भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रघुविर महासेठसँग आग्रह समेत गरिसकेका छन ।सोही आग्रहलाई लिएर बिरगञ्जका युवाहरुले बिरगञ्जको बिकाश हुन नदिन चलखेल भएकोले आन्दोलित भएका छन्।

युवाहरुको समितिले यसअघि चक्काजामदेखि नारा जुलुसहित लगायतका प्रदर्शन गरिसकेका छन्।उनीहरुले बिरगञ्जका बिकाश बिरोधी तत्वहरुले सडक फराकिलो नपार्न चलखेल गरेकोले निरन्तर दबाब दिन आन्दोलनका कार्यक्रम जारी राख्ने बताएका छन्।

अशोज २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्