रौतहटमा एक युवाको गोली हानी हत्या

सांकेतिक तस्बिर

रौतहट-रौतहटमा एक युवाको गोली हानी हत्या गरेको छ।आइतबार साँझ भारतबाट भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर आएका समूहले गोली हानी हत्या गरेर भागेको रौतहटका एसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

उनका अनुसार आइतबार साँझ भारतबाट भारतीय नम्बर प्लेटकै मोटरसाइकलमा तीन जना रौतहट पसेर करीब २२/२३ वर्षीय युवालाई गोली हानेका छन्।

विज्ञापन

गोली लागेका उनको घटनास्थलमै मृत्यु भएको छ। उनको पहिचान भने खुल्‍न सकेको छैन। घटनाबारे थप अनुसन्धान सुरु गरेको रौतहटका एसपी भूपेन्द्र खत्रीले बताए।

अशोज २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू