कोजाग्रत पूर्णिमाको दिन देवी दूर्गाको बिसर्जन गर्दै मोहत्तरीका स्थानीय बासी। तस्बिर-राजा झा/देश सञ्‍चार

जय-जयकारसहित नवदुर्गाको मूर्ति विसर्जन, श्रद्धालुको भीड

कोजाग्रत पूर्णिमाको दिन नव दुर्गा भवानीको मूर्तिलाई महोत्तरी भक्तजनले आइतबार धुमधामका साथ बिसर्जन गरेका छन्।

विज्ञापन

उनीहरुले जयजयकारको नारासहित हर्षोल्लासका साथ देवी दूर्गाको बिसर्जन गरेका हुन। यसका साथै सडकमा दुर्गा भवानीको गीतमा तरवार लिएर नाँचगान गरेका थिए।

अन्य ठाउँमा विजया दसमीको दिन दुर्गा विसर्जन भएपनि गौशालामा भने प्रत्येक वर्ष झै यस वर्ष पनि कोजाग्रत पुर्णिामाको दिन माता दुर्गाको प्रतिमा विसर्जन गरिएको छ।

जिल्लाको गौशाला नगरपालिकाको गौशाला बजार र निगौल चोकमा मनाइने दुर्गा पुजामा यस क्षेत्र सहित अन्य ठाँउबाट समेत हजारौंको संख्यामा श्रद्धालुहरु पूजा तथा मेला हेर्न आएका थिए।

आइतबार दुबै ठाउँमा रहेको माता दुर्गाको प्रतिमालाई नगर क्षेत्रमा घुमाएर पोखरीमा विसर्जन गरिएको छ।