आइतबार साँझ दरबारमार्ग स्थित क्लब भिक्ट्रीको सातौ तल्लामा भीषण आगलागी भएपछि आगो नियन्त्रणमा लिँदै अग्नी नियन्त्रक। आगो नियन्त्रणमा लिने क्रममा एकजना अग्नी नियन्त्रक घाइते भएका छन्। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

दरबारमार्गको आगलागी नियन्त्रणमा आयो, एकजना अग्‍नी नियन्त्रक घाइते

काठमाडौं-आइतबार साँझ दरबारमार्गस्थित क्लब भिक्ट्रीको सातौ तल्लामा भएको भीषण आगलागी करीब ३ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ भने क्लब भिक्ट्री पूर्ण रुपमा जलेको छ ।काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार काठमाडौं, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित ८ वटा दमकलको प्रयासले आयो नियन्त्रणमा आएको हो।आइतबार साँझ विद्युत् सर्ट भएर आगो लागेपछि नियन्त्रणमा लिन नेपाली सेनालगायत ८ वटा दमकलले आगो निभाएको थियो।आगो निभाउने क्रममा एक जना अग्नी नियन्त्रक घाइते भएका छन्। घाइते नियन्त्रकलाई वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचारको लागि भर्ना गरिएको छ भने उनको भने पहिचान हुन सकेको छैन।

विज्ञापन

तस्बिरहरु-सुलभ श्रेष्ठ/देश सञ्‍चार