शिव फेसन हाउसको नयाँ शाखा विराटनगरमा

मोरङ-शिव फेसन हाउस काठमाडौंले विराटनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

विराटनगरस्थित सेन्ट्रल मलमा फैसनको कपडा स्टोर्स सञ्चालनमा आएको हो।

विज्ञापन

स्टोर्सको शुभारम्भ नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश एकका उपाध्यक्ष राजेन्द्र राउतले गरेका थिए। स्टोर्सका सञ्चालिका सुजिता श्रेष्ठ वत्राले गुणस्तरीय लत्ताकपडा उपलब्ध गराउने हेतुले शाखा सञ्चालनमा ल्याएको जानकारी दिइन्।

सीमावर्ती क्षेत्र जोगबनीमा कपडाको खरिदमा नेपालीहरुको भीडबारे जानकार सञ्चालिका वात्राले यस स्टोर्समा उपभोक्तालाई सुपथ मुल्यमा गुणस्तरीय र फैसनेवल पहिरनका सामाग्री उपलब्ध हुने बताइन्।

स्टोर्समा पुरुषका लागि कुर्ता सलवार, विभिन्न ब्राण्डका सर्ट, पेन्ट तथा महिलाका लागि लेहङा, कुर्ता, साडी तथा सेरवानी उपलब्ध हुने उनले जानकारी दिइन्।
भारतका विभन्न शहरबाट संकलन गरि कपडा ल्याइने भएकाले कपडाको गुणस्तरमा सम्झौता नहुने र मूल्य पनि सस्तो हुने वात्रा बताउँछिन् ।

अशोज २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्