कीर्तिपुरमा ३ सय वर्ष पुरानो नाँच फेरि सुरु

राजा प्रताप मल्लको पालादेखि सुरु भएको ३ सय वर्ष पुरानो देवी नाँच कीर्तिपुरमा यो वर्षदेखि फेरि नाँच्न थालिएको छ।

कीर्तिपुर नगरपालकाको तलनी टोलमा देवी नाँचलाई स्थानीयहरुले आफ्नो सक्रियतामा फेरि सुरुवात गरेका हुन।

विज्ञापन

यो नाँच विजया दशमीको टीकाको दिनदेखि सुरु भएको छ। यसअघि यो देवी नाँच आर्थिक अभावमा पाँच वर्षदेखि हराउँदै आएको थियो।

अहिले भने यो नाँच टीकाको दिन र कोजाग्रत पूर्णिमाको दिन देखाउने गरिन्छ। देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु