रुकुम पूर्व – अरिङ्गाल खाँदा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन्।

बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा रहेका छन् ।

बिरामी मध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ । शनिबार बेलुका जङ्गलबाट ल्याएको अरिङ्गाल भुटेर १२ जनाले खाएका थिए ।

बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्र कोलमा उपचारका लागि भर्ना गरिएको थियो । उनीहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट लगिएको छ ।

अहिले उनीहरुको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको जिल्ला अस्पताल रुकुम पूर्वका अहेव मदन खड्काले जानकारी दिएका छन् ।

असोज २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्