जापानमा शक्तिशाली आँधीका कारण प्रभावितको उद्धारका लागि ११०,००० उद्धारकर्मी परिचालन

शक्तिशाली समुद्री आँधी हागिबिसका कारण जापानमा कम्तिमा ३१ जनाको ज्यान गएको छ । १५ जना बेपत्ता छन् । पछिल्लो ६० वर्ष यताकै शक्तिशाली आँधीका कारण जापानको जनजीवन प्रभावित भएको छ।

आँधीका कारण प्रभावितहरुको उद्धार तथा राहतका लागि एक लाख १० हजार भन्दा बढी सैनिक तथा उद्धारकर्मी परिचालन गरिएको जापान सरकारले जनाएको छ।

स्थानीय समय अनुसार गएको शनिबार बेलुका ७ बजे हागिबिस आँधी टोकियोबाट दक्षिण–पश्चिममा रहेको इजु प्रायद्विपको भूमिमा ठोक्किएको थियो।

असोज २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्