साताको दोस्रो दिन पनि घट्यो सुनको मूल्य

काठमाडौँ– सुनको मूल्य घट्ने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ७० हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार एक सय रुपैयाँले घटेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा एक रुपैयाँले घटेर ६९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य तोलामा ६९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य स्थिर रहेर आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

असोज २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्