नालीमा डुबेर बालिकाको मृत्यु

फाइल तस्बिर

विराटनगर – मोरङको उर्लावारी नगरपालिकामा एक बालिकाको नालीमा डुबेर मृत्यु भएको छ। सोमबार बिहान करिब ११ बजे उर्लाबारीको वानडाँडाका कुमार मगरको २ वर्षीया छोरी निर्जला मगरको घरछेउको नालामा डुबेर मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार स्थानीय व्यक्तिले नालामा बालिका डुबिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनालगत्तै प्रहरीको टोलीले बालिकालाई नालीबाट निकालेर अस्पताल लगेको थियो ।

प्रदेश एक प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइरालाका अनुसार नालीमा डुबेकी बालिकाको अस्पताल पुग्ने बित्तिकै मृत्यु भएको थियो।

असोज २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्