किशोरीलाई जबर्जस्ती गर्न खोजेको आरोपमा पक्राउ

सांकेतिक तस्बिर

सप्तरी-छिमेकी एक बालिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–८ का मो.रहिम मन्सुरलाई पक्राउ गरेको छ।

घरमा कोही नभएको मौका पारी गत शनिबार राति १४ वर्षीया किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा मन्सुरीलाई प्रहरीले पक्राउ गरेको हो।

घरमै प्रवेश गरी मुख थुनेर जबर्जस्ती करणीको प्रयास गरेको र बालिका चिच्चाएपछि स्थानीयवासीले किशोरीलाई उद्धार गरेका थिए।

उद्धार गरिएकी बालिकाको जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परीक्षण गराइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए। पीडित बालिकाले दिएको उजुरीका आधारमा युवकलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए।

असोज २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्