दसैंमा आयात गरिएका ३५ च्यांग्रा विक्री हुन बाँकी

काठमाडौँ-दसैँको अवसरमा सरकारले आयात गरेका ३५ च्याङग्रा अझै बिक्रि हुन बाँकी रहेका छन्।

खाद्य संस्थान तथा व्यापार कम्पनीले दसैँको मौकामा सर्वसाधारका लागि सहुलियत दरमा बिक्रिका लागि खरिद गरेका १९ सय २० मध्ये ३५ वटा च्याङग्रा बिक्रि भएका छैनन्।

खाद्य संस्थान तथा व्यापार कम्पनीकी प्रवक्ता सम्रिला न्यौपाने सुवेदीले खसी-बोका सबै बिक्रि भएको र दसैँ अगाडी एक सय ९८ च्याङग्रा बिक्रि भइसकेको र ३५ वटा मात्र बिक्रि हुन बाँकी रहेको बताइन्।

उनका अनुसार संस्थानले खरिद गरेका खसी–बोका १० वटा र च्याङग्रा ६ वटा मरेको हुन्। उनले भनिन् ‘खसी–बोका र च्याङग्रा अष्टमीको दिनसम्म बिक्रि भएका हुन्, र अझै पनि बिक्रि भइरहेका छन्।’

हाल च्याङग्राको मूल्य सात सय रुपैयाँ प्रतिकिलोमा बिक्रि भइरहेको उनले बताइन्। मागभन्दा आपूर्ति धेरै भएकाले च्याङग्रा बिक्रि नभएको प्रवक्ता न्यौपानेले बताइन्।

संस्थानले दसैँमा सर्वसाधारणलाई सहुलियत दरमा हजार खसी–बोका र १९ सय २० वटा च्याङग्रा आयात गरेको थियो। तर दसैँमा खसी–बोका सबै बिक्रि भए पनि सबै च्याङग्रा बिक्रि भएनन्।

असोज २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्