कुमार पन्त र कुलआचार्यबीच भिडन्त

दुवैको एउटै दाबी : एनआरएनएको भावी अध्यक्ष मै हुँ

दुवैको एउटै दाबी : एनआरएनएको भावी अध्यक्ष मै हुँ

काठमाडौँ-अन्तर्राष्ट्रिय समन्वय परिषद्, गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि प्रतिस्पर्धा सुरु भएको छ।

संघको दुई वर्षीय नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त र कुल आचार्यले उम्मेद्वारी दिने घोषणा गरेसँगै उनीहरुलाई जिताउन गैरआवासीय नेपाली संघको नवौँ विश्व सम्मेलन सुरु हुनुभन्दा एक दिन अगावै सोमबारबाट ‘लबिङ’ तीव्र रुपमा सुरु भएको छ ।

विज्ञापन

पन्त र आचार्य पनि आफ्नो जितका लागि मतदाता रिझाउने प्रयासमा लागिसकेका छन्। मंगलबारबाट होटल ह्यातमा सुरु हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ।

एनआरएनएको राष्ट्रिय समन्वय परिषद्‌बाट निर्वाचित प्रतिनिधिहरु काठमाडौँ आएर दर्ता समेत गराइसकेका छन्।

करीब १८ सयको हाराहारीमा आएका मतदाताले पन्त या आचार्यमध्ये कसलाई जिताउने हुन् भन्‍ने विषय रोचक बन्दै गएको छ।

विश्वका ८० मुलुकमा करिव ७० लाखको हाराहारीमा बस्दै आएका नेपालीको संस्थाको नेतृत्व उनीहरुमध्ये एकले गर्नु पर्ने चुनौती छ ।

देशसञ्चारले सोमबार लिएको भिडियो अन्तवार्तामा दुवै उम्मेदवारले आफूले अध्यक्ष पद जितेरै छोड्ने दृढता व्यक्त गरेका छन्।

पन्तले गैर आवसीय नेपालीको विवेकमा आफूले विश्वास गर्ने भएको र आफ्नो जित सुनिश्चित भएकाले कुनै पनि चिन्ता नगरेको र ढुक्क भएको दाबी गरेका छन्।

निःशुल्क पञ्जिकृत सदस्य शुल्क, अनलाईन भोटिङ सिस्टम विकास गर्ने, पूजीसँगै गैरआवासीय नेपालीको सञ्जाल बलियो बनाउन उनीहरुले सिकेको ज्ञान, सीप र प्रविधि भित्राउने, कोष खडा गर्ने लगायत आफ्ना प्रतिवद्धताका कारण आफ्नो जित सुनिश्चित भएको बताएका छन्

यता आचार्यले पनि आफ्नो जित निश्चित भएको र त्यसका प्रशस्त आधारहरु रहेको दाबी गरेका छन् ।

उनले विदेशमा बसेर लामो चुनौति व्यहोर्दै १२ वर्षदेखि संघमा काम गर्दै आएको र अव संसार भरी रहेका नेपालीका लागि पसिना श्रम फन्ट सुरुवात गरेको, नागरिकता र सम्पत्तिका विषयमा पनि आवाज उठाएकाले आफ्नो जित सुनिश्ति रहेको बताएका छन् ।

अशोज २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्