युरोकप फुटबल छनौट

रंगभेदी नाराले प्रभावित खेलमा इंग्ल्याण्डको आधा दर्जन गोल

रंगभेदी व्यवहारका कारण दुई पटकसम्म रोकिएको खेलमा इंग्ल्याण्डले प्रभावशाली जित निकालेको छ । युरोकप २०२० को छनौट अन्तर्गत सोमबार राति भएको खेलमा इंग्ल्याण्डले बुल्गेरियालाई ६–० ले पराजित गरेको हो ।

बुल्गेरियाको सोफियामा भएको खेलमा रंगभेदी हुटिङ्ग भएका कारण दुई पटक खेल रोकिएको थियो । घरेलु समर्थकले इंग्ल्याण्डका खेलाडीलाई लक्षित गरेर रंगभेदी नारा लगाएका हुन् ।

इंग्ल्याण्डका टाइरोन मिंग्स तथा रहीम स्ट्रर्लिङ्गलाई लक्षित गरेर रंगभेदी नारा लागेको हो । र पनि इंग्ल्याण्डले पहिलो हाफमा चार तथा दोस्रो हाफमा दुई गोल गरेको हो ।

इंग्ल्याण्डका लागि मार्कश राशफोर्डले छटौँ, रोस बाक्र्लीले २० र ३२ तथा रहिम स्ट्रर्लिङ्गले पहिलो हाफको इन्जुरी समयको चौथो तथा ६९ औँ मिनेटमा गोल गरे ।

यस्तै कप्तान ह्यारी केनले ८५ औँ मिनेटमा गोल गर्दै टिमलाई ६–० को जित दिलाएका हुन् । जितपछि समूह ए को इंग्ल्याण्डको ६ खेलबाट १५ अंक भएको छ । सोही समूह अन्तर्गत भएको अर्को खेलमा कोसोभोले मन्टेनेग्रोलाई २–० ले पराजित गरेको हो ।

असोज २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्