ट्रम्पले छोरीलाई जन्मदिनको शुभकामना दिएनन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी छोरीलाई जन्मदिनको शुभकामना दिएनन् तर उनले अमेरिकी नेभीलाई शुभकामना भनेका छन् । ट्रम्पकी छोरी टिफिनी ट्रम्पको जन्मदिन आइतबार (अक्टोबर १३) थियो ।

ट्रम्पले ‘ह्याप्पी बर्थडे लेखेर ट्वीट गरे । तर त्यो शुभकामना छोरी टिफिनीका लागि थिए । उनले अमेरिकी नेभीलाई मेन्सन गरेर शुभकामना दिएका हुन् । अमेरिकी नेभीको स्थापना सन् १७७५ को अक्टोबर १३ मा भएको थियो ।

असोज २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्