राष्ट्रपति भण्डारीको गैरआवासीय नेपालीलाई सुझाव

‘अब आर्थिक विकासका लागि सद्भावना दूत बन्न ध्यान दिनुहोस्’

काठमाडौँ – गैरआवसीय नेपाली संघ एनआरएनएको नवौँ विश्व सम्मेलन सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले होटल ह्यातमा एक विशेष कार्यक्रमकाबिच उक्त सम्मेलनको उद्घाटन गरेकी छन्। उद्घाटनका क्रममा उनले नेपालीका लागि गर्व हुने गरी एनआरएनएले सहयोग पुर्याएको भन्दै आयोजक संस्थालाई धन्यवाद दिएकी छन्।

विज्ञापन

उनले नेपालको विकास र समृद्धि स्थापित गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको यो संस्थाले विगत डेढ दशकमा अनेक भूमिका महत्वपूर्ण भएको बताइन्।

पूर्वाधार विकास, शैक्षिक विकास र लोककल्याणमा पुर्याएको योगदानले निरतन्तरता पाओस भन्ने आफ्नो इच्छा रहेको उनको त्यस अवसरमा सुनाएकी थिइन्।

देशभक्ति र मायालाई भौगोलिक सीमाले कहिल्यै नरोक्ने र त्यसलाई झन बलियो बनाउने उनको धारणा थियो ।

एनआरएनले साझा धारणको विकासको अवधारणा अघि बढाएको र संसाभर छरिएर रहेका नेपालीलाई एकै ठाउँमा ल्याउन र उनीहरुका दु:खलाई समाधमन गर्न भूमिका खेलेको उनको भनाई थियो ।

वुद्ध जस्त विश्वमा सद्भावना दूतकाे रुपमा आफूलाई विकास गर्नु पर्ने र उच्च शिक्षा, ज्ञान, सीप र अन्य गतिविधिलाई नेपालको विकासमा सहयोगी बन्नु पर्ने सुझाव भण्डारीको गैरआवसीय नेपालीलाई थियो।

नेपालको विकासमा गैरआवासीय नेपालीले नेपालमा रहेका नेपालीसँग सहकार्य र हातेमालो गर्नु पर्ने आवश्यकता रहेको उनको भनाई छ ।

स्थिर राजनीतिको अहिलेको अवस्थामा सरकार आर्थिक विकासलाई तिव्रता दिन चाहेको र त्यसमा सहयोग गर्न उनले गैरआवासीय नेपालीलाई आग्रह समते गरेकी छिन्।

विकास र समृद्धिको यात्रालाई एउटा अभियानको रुपमा अघि बढेको र त्यसलाई बलियो बनाउन पनि विदेशमा बस्ने नेपालीको भूमिका रहनु पर्ने उनको सुझाव छ ।

गैरआवासीय नेपालीले नेपालमा गर्ने लगानीलाई सहजीकरण गर्न सरकारले विशेष नीतिगत व्यवस्था गरेको उनको बताइन् ।

सहज र सरल संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न र अझ अनुकुल वातावरण बनाई विदेशमा बस्ने नेपालीको ज्ञान, सीप र प्रविधि र पूजिलाई भित्राउन सहयोग गर्नु पर्ने देखिएको उनको भनाई छ ।

नेपाली समाज जातिय, भाषिक र एकताको अनुपम परम्पराको गाथा भएको र त्यसको संरक्षण गर्नु पर्ने सबै नेपालीको कर्तव्य भएको र त्यसमा ध्यान दिन आग्रह उनले गरिन्।

सुख दुःखलाई आत्मसाथ गर्ने नेपालीको विशेषता भएको उनको भनाई थियो र सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२०लाई सफल बनाउन गैरआवासीय नेपालीको महत्वपूर्ण योगदान हुने अपेक्षा आफ्नो भएको भण्डारीले बताइन् ।

अशोज २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्