प्लेन समयमा नपुग्दा अदालतमा उपस्थित हुन सकेनन् सांसद साह

जनकपुरधाम- जनकपुर विमानस्थलमा बुद्ध एयरको काण्टर तोडेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभा सदस्य प्रमोद कुमार साह समयमा अदालतमा उपस्थित हुन सकेनन्।

दुई बजेको प्लेन भएपनि प्लेन डिलेको कारण करीब पौने पाँच बजे मात्र जनकपुर विमानस्थलमा पुगेपछि समय नभएको कारणले अदालतमा म्याद थप हुन सकेको छैन्।उनलाई बुद्ध एयरको प्लेनबाट जनकपुर ल्याइएको छ।

आज समयमा सांसदलाई अदालतमा उपस्थित गराउन नसक्दा भोलि सांसद साहलाई जिल्ला अदालत धनुषामा उपस्थित गराउने तयार जिल्ला प्रहरीले गरेको छ।
यता, प्रतिनिधिसभा सदस्य प्रमोद कुमार साहलाई रिहा गरेन भने यसको मुल्य बुद्ध एयर र नागरिक उडयन कार्यालयलाई मुल्य चुकाउनुपर्ने राजपा नेपालका प्रदेश-२ का प्रमुख सचेतक परमेश्वर साहले बताएका छन्।

उनका अनुसार भोलिदेखि राजपा नेपाल निर्णय गरेर यसको विरोध गर्ने जनाएको छ।विमान स्थलमा राजपा नेपालका कार्यकर्ताहरुले विमान स्थलमा प्रदर्शन समेत गरेका छन्।

सोमवार जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरण जनकपुरले राजपा नेपालका सांसद प्रमोद कुमार साहमाथि किटानी दिएपछि उनलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएको हो।

नागरिक उडड्यन प्राधिकरण जनकपुरले जिल्ला प्रहरी कार्यालय धनुषामा गैर सैनिक हवाई उड्डयन ऐन २०१५ अन्तर्गत मुद्दा दिएपछि जिल्ला अदालत धनुषाबाट पक्राउ गर्न आदेश लिएर सांसद साहलाई काठमाडौँ विमानस्थलबाट पक्राउ गरेर जनकपुर ल्याइएको छ।

सोमवार जनकपुर विमान स्थलमा प्लेन ढिलो रहेको भन्दै प्रतिनिधिसभा सदस्य साहले विमानस्थलमा बुद्ध एयरको काउण्टरमा तोडफोड गरेका थिए। राष्ट्रिय जनता पार्टी नेपालका सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर-१ बाट उनी निर्वाचित सांसद हुन्।

उनले सोमबार विमानबाट किड्नीको रोगीलाई काडमाडौँ जानुपर्ने भए पनि प्लेन ढिलो रहेकोले रोगीको कष्ट नसहेर काउण्टरमा सामान्य तोडफोड गरेको बताएका थिए।

असोज २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्