नेपालकी बोनिता शर्मा विश्वका शक्तिशाली १०० महिलाको सूचिमा

काठमाडौँ – नेपालकी बोनिता शर्मा विश्वका शक्तिशाली एक सय महिलाको सूचिमा परेकी छन् । बिबिसीले तयार पारेको सन् २०१९ का शक्तिशाली महिलाको सूचिमा नेपालकी पोषण सुधार अभियन्ता बोनिता शर्मा परेकी हुन् ।

समाजमा सकारात्मक प्रभाव पार्न सफल महिलामध्ये बिबिसीले ६ वटा विधामा शक्तिशाली महिलाको सूचि बनाएको हो । पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ विधामा विभाजन गर्दै १०० महिलाको सूचि सार्वजनिक गरिएको हो । नेपालकी बोनिता ज्ञानको श्रेणीमा परेकी छन् ।

विज्ञापन

२७ वर्षे बोनितासहितको टोलीले ‘सोचाइ’ (सोसल चेन्जमेकर्स एन्ड इनोभटर्स) नामक संस्था स्थापना गरी विशेषतः नवीनतम सिर्जना, शिक्षा र सामाजिक उद्यमशीलतार्फत पोषण र स्वास्थ्य सुधारमा केन्द्रित भएर काम गरिरहेको छ । सन् २०१६ देखि सक्रिय रुपमा काम गर्दै आएको संस्थाले गएको जेठ पहिलो हप्ता कम्पनी दर्ता गराएको थियो।

अशोज २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्