सुनसान छन् हिल्साका पर्यटकीय होटल

सिमकोट – हिल्सामा रहेका आधा दर्जन भन्दा बढी पर्यटकीय होटल सुनसान भएका छन् । मानसरोवर कैलाशको पर्यटकीय सिजनमा भारतीय पर्यटकको घुइँचो लाग्ने यी होटलहरुमा सिजन सकिएसँगै सुनसान भएका छन् ।

सिजनमा दैनिक दुई लाखसम्म कमाई गर्ने पर्यटकीय होटललाई अहिले दैनिक पाँच हजार कमाउन पनि मुस्किल पर्ने गरेको छ । मानसरोवर कैलाशको सिजनमा यी होटलले दैनिक ८० देखि १०० जना पर्यटकलाई नाईट स्टे दिने गरेका थिए । यसबाट यो सिजनमा हिल्साको एउटा होटेलले झण्डै एक करोडसम्म कमाई गर्न सफल भएका थिए ।

विज्ञापन

अबको एक महिनापछि यहाँका होटेल व्यवसायीले होटेल कुरुवा राखेर जिल्लामा आउनुको विकल्प छैन । ६ महिना भन्दा बढी समय बन्द रहने हिल्साका यी पर्यटकीय होटेलले चारदेखि पाँच महिनामा कमाएको कमाईले वर्ष दिन धान्नु पर्ने अवस्था रहेको छ ।

अशोज २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्