इन्स्टाग्रामबाट आम्दानी : मेस्सी र रोनाल्डोमा को अगाडि ?

लन्डन : सामाजिक सञ्‍जाल इन्स्टाग्रामबाट सबैभन्दा बढी कसले आम्दानी गर्ला ?

हालै भएको एक अध्ययनले इन्स्टाग्रामबाट पछिल्लो एक वर्षमा सबैभन्दा बढी आम्दानी गर्नेमा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो अगाडि छन्।

रोनाल्डोले पछिल्लो एक वर्षमा इन्स्टाग्रामबाट ३८.२ मिलियन पाउन्ड आम्दानी गरेको एक अध्ययनले देखाएको छ।

रोनाल्डोका ३४ प्रायोजित पोस्टबाट यति आम्दानी भएको हो। उनले हरेक पोस्टबाट औसतमा ७ लाख ८० हजार पाउन्ड आम्दानी गरेको जनाइएको छ।

अर्का फुटबलस्टार लियोनल मेस्सीले यो अवधीमा १८ मिलियन पाउन्ड कमाएको जनाइएको छ। मेस्सीले ३६ वटा प्रायोजित पोस्टहरु गरेका थिए।

 

 

View this post on Instagram

 

😃☀️👌🏻 @antonelaroccuzzo

A post shared by Leo Messi (@leomessi) on

असोज २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्