भिभाेकाे ‘भी १७ प्रो’ मोबाइल नेपाली बजारमा

काठमाडौँ– भिभो कम्पनीले नेपाली बजारमा ‘भी १७ प्रो’ मोबाइल सार्वजनिक गरेको छ।

बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले इनोभेटिभ स्मार्टफोन ब्राण्ड, भी सिरिजको पोर्टफोलियोमा नयाँ सदस्यका रुपमा फ्ल्यागशिप डिभाइस ‘भी १७ प्रो’ सार्वजनिक गरेको हो।

उक्त डिभाइसमा क्वाड रियर सेटअपका साथ विश्वको पहिलो ३२ मेगापिक्सेल ड्युल पप–अप सेल्फी क्यामेरा राखिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार मोबाइलमा ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज अप्सनका साथमा क्रिस्टल ब्याल्क, क्रिस्टल ह्वाइट र ह्वाइट कलरमा उपलब्ध हुनुका साथै सो मोबाइलको मूल्य ५२ हजार चार सय ९० रुपैयाँमा रहेको छ।

‘भी १७ प्रो’ मोबाइल असोज बिहीबारदेखि नै नेपाली अनलाइन च्यानलहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ। भीभो नेपालका ब्राण्ड म्यानेजर पेङ्दाले भी सिरिज पोर्टफोलियोमा ‘भी १७ प्रो’लाई जोड्न पाउँदा निकै उत्साहित भएको बताए।

यस्तै मोबाइलमा रहेको ड्युल पप–अप क्यामेराबाट कम उज्यालो भएको ठाँउमा पनि सेल्फी खिच्न सकिन्छ भने ४८ मेगापिक्सेल एआई क्वाड मूख्य क्यामराले क्याप्चर इन डिलेट गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

यस्तै मोबाइलका अन्य मुख्य विशेषता ब्रिङ्ग दि वल्र्ड क्लोजर, एआई सुपर वाइड ए.गल क्यामरा, २०ः९ अल्ट्रा फूलभ्यू डिस्प्लेः ट्रूली अनइन्टरप्टेड, सहज पर्फमेन्स, ड्यूल इन्जिन फास्ट चार्जिङ्ग र ठूलो ब्याट्री र अल्टिमेट गेमिंग इक्सपेरिएन्सको लागि स्तरीकरण गरिएको गेम मोड रहेका छन्।

असोज ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्