१३ हजार रुपैयाँ घुससहित असई रंगेहात पक्राउ

साङ्केतिक तस्बिर

जनकपुरधाम– महोत्तरीमा घुससहित एक जना प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन्।

भारतबाट ल्याइने घरेलु मालसामानहरु सीमानाकाबाट नेपाल भित्र्याइदिने भन्दै १३ हजार रुपैँया घुस लिँदै गरेको अवस्थामा प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरी पक्राउ परेका हुन्।

चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबासबाट खटेको टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ।

पक्राउ परेका चौधरी महोत्तरीको औरही नगरपालिका वडा नम्बर ४ मा रहेको अस्थायी प्रहरी पोस्ट कठुधारका इन्चार्ज हुन्।

पक्राउ परेका चौधरीलाई अनुसन्धानका लागि बर्दीबासस्थित अख्तियारको कार्यालय पठाइएको छ।

असोज ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्