सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ करोडको शेयर निष्काशन गर्ने

काठमाडौँ– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ करोडको शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले दोस्रो वार्षिक साधारण सभाका अवसरमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने निर्णय पारित गरेको हो।

उक्त सभाबाटै कम्पनीको सञ्चालक समितिको रिक्त एक पदमा दिपप्रकाश पाण्डे निर्विरोध निर्वाचित भएका छन्।

उक्त सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाब, आयव्यय हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत भएको कम्पनीले जनाएको छ।

असोज ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्