स्पेनिस फुटबलर चोरले हैरान, खेल्न जाँदा घर रित्तै

म्याड्रिड : स्पेनिस फुटबलरको घरमा चोरी गर्ने गिरोहका चार सदस्यलाई पक्राउ गरेको स्पेनिस प्रहरीले जनाएको छ। खेलाडी खेल्न गएको मौका पारी उनिहरुले घर फोर्ने गरेको प्रहरीको दावी छ।

पक्राउ परेका सबै जना अल्बानियन भएको र उनिहरुको साथबाट गरगहना तथा १० हजार युरो बरामद भएको जनाइएको छ। त्यसैगरि च्याम्पियन्स लिग उपविजेता बन्दा प्राप्त गरेको थोमस पार्टेको मेडल र पासपोर्टसमेत बरामद भएको स्थानीय प्रहरीको भनाई छ।

रियल म्याड्रिडका खेलाडी  कासेमिरो, इस्को, प्रशिक्षक जिनेदिन जिदानदेखि एट्लेटिको म्याड्रिडका स्ट्राइकर अल्भारो मोराटासम्मको घरमा चोरी भएको जनाइएको छ।

कात्तिक १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्