माछालाई फालेको जालमा गोही परेपछि…

फाइल तस्बिर

राजविराज – सार्वजनिक पोखरीमा माछा मानेक्रममा बिहीबार सप्तरीको पूर्वी भेगको एउटा गाउँमा गोही फेला परेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–८ स्थित जोगीनियाँमा सार्वजनिक पोखरीमा माझीले माछा मार्ने क्रममा अन्दाजी छ/सात किलोको गोही भेट्टाएका हुन् ।

विज्ञापन

गोही जालमा परेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय हनुमाननगरबाट गएको प्रहरी टोलीले गोही समातेर जिल्ला वन डिभिजन कार्यालयलाई बुझाएको छ ।

कार्तिक १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्