ठगी गरेको आरोपमा ३५ वटा टिपरसहित २३ जना पक्राउ

सांकेतिक तस्बिर

काठमाडौँ – तोकिएको भन्दा कम सामान दिएर ठगी गरेको आरोपमा प्रहरीले २३ वटा डिपोका २३ सन्चालकलाई पक्राउ गर्नुका साथै ३५ ट्रक–टिपर बरामद गरेको छ । उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

ढुंगा, गिट्टी, बालुवासहित नदीजन्य पदार्थ तोकिएको भन्दै कम दिएर उपभोक्ता ठगी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको छ ।

 

कात्तिक १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्