भीरबाट लडेर विदेशी नागरिकको मृत्यु

साङ्केतिक तस्बिर

मोरङ– सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकामा एक विदेशी नागरिकको मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब १ बजे पासाङल्हामु गाउँपालिका–५ स्थिति कोङ्दे भीरबाट लडेर पोल्याण्डकी २६ वर्षीया पेसिता मेलिनाको मृत्यु भएको इलाका प्रहरी कार्यलय नाम्चेले जानकारी दिएको छ।

घटनापछि नाम्चेबाट खटिएको प्रहरी टोलीले भीरबाट खसेको शव निकालेर लुक्ला पठाउने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

कात्तिक १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्