गैरआवासीय नेपाली संघको चुनावी नतिजापछिको रौनक तस्बिरमा

काठमाडौँ – कुमार पन्तलाई आगामी दुई वर्षका लागि अध्यक्षका रुपमा चयन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन सकियो ।

विभिन्न विवाद र बिचबिचमा भएका तोडफोडले आलोचित बनेको महाधिवेशनमा अन्ततः भएको मतदानमा १२१७ मत प्राप्त गरी पन्तले अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई १४७ मतान्तरले पराजित गरे । गएको मंगलबार सुरु भएको विश्व सम्मेलन तथा महाधिवेशनको समापन समारोह शुक्रबार भयो ।

शुक्रबार पदाधिकारीमा विजयीको घोषणा भएसँगै महाधिवेशन स्थलमा उत्सवको अवस्था देखियो । देश सञ्चारका रविन आचार्यले चुनावको नतिजा आएपछिको अवस्थालाई तस्बिरमा समेटेका छन् ।

कात्तिक १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्