सुरु भयो जनकपुर महोत्सव

जनकपुरधाम– धनुषाको जनकपुरधाममा शुक्रबारदेखि ‘जनकपुर महोत्सव–२०७६’ सुरु भएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महोत्सवको उद्घाटन गरे।

जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले आफनो ठाँउको विकास र समृद्धिका लागि आफै उठ्नु पर्ने बताए।

सिया इभेन्टसले अयोजना गरेको पाँच दिवसीय मेलामा नेपालसहित भारत, पाकिस्ता र बंगलादेशका व्यापारीहरुले स्टल राखेका छन्।

महोत्सवमा गार्मेन्टस्, छालाजन्य उत्पादन, किचेन वेयर, होम एप्लायन्सेस्, अटो मोबाइल्स, हेल्थ एण्ड फिटनेस, कन्स्ट्रक्शन बैंक तथा वित्तिय संस्था लगायत अन्य विभिन्न किसिमका अति आवश्यक सामाग्री उपलब्ध रहेको आयोजकले जनाएको छ।

कात्तिक १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्