‘मेक्सिकोमा कमिज निचोरेर पसिना पियौँ’

भारतको इण्डियन एक्सप्रेसले मेक्सिकोबाट भारत फर्काइएका व्यक्तिहरुले भोग्नु परेको पीडादायी घटनाबारेको समाचार छापेको छ । प्रकाशित समाचारमा पीडितहरु कसरी मानव तस्करको जालोमा परेर मेक्सिको पुगेका थिए भन्ने बारे खुलाइएको छ।

मानव तस्करको जालोमा परेका उनीहरु प्याससँग लड्दै पनामाको जंगलको बाटो हुँदै मेक्सिको पुगेका थिए । त्यहाँ पुग्न उनीहरुले एक महिना लामो पीडादायी यात्रा गर्नु परेको बताएका छन् ।

तर शुक्रबार मेक्सिको सरकारले ती सबै युवालाई भारत फिर्ता पठाएको छ । यी युवाहरुले पहिले भिजा एजेन्टसँग सम्पर्क गरे जहाँ उनीहरुसँग प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ मागियो ।

तर किसान परिवारका यी बेरोजगार युवा परिवार छोडेर अर्को बाटो हुँदै अमेरिका यात्रामा निस्के । उनीहरुले केही यूट्यूब भिडियो हेरे र यस्ता व्यक्तिहरुका बारे थाहा पाए जो सफलतापूर्वक अमेरिका पुगेका थिए ।

२६ वर्षका सेवक सिंहले भने, ‘मैले यूट्यूबमा यात्राको भिडियो हेरेको थिएँ । त्यो भिडियो हेर्दा लागेको थिएनँ कि यात्रा यति भयानक होला । मलाई थाहा थिएनँ कि हामीले एक जंगलको बाटो हुँदै जानु पर्नेछ । जहाँ न खाना पाइनेछ न पानी ।’

युवकले भने कि प्यास मेट्न उनले आफ्नो शरीरको लुगा निचोरेर पसिना पिउनुपरेको थियो ।

कात्तिक २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्