अमलटारीमा सञ्चालनमा आयो सुविधा सम्पन्न जंगल रिसोर्ट

काठमाडौँ – नवलपुरको अमलटारीमा सुविधा सम्पन्न जंगल रिसोर्ट सञ्चालनमा आएको छ । नवलपुरको अमलटारीमा हिमालयन वाइल्डलाइफ सेन्चुरी जंगल रिसोर्ट सञ्चालनमा आएको हो ।

नारायणी नदी किनारमा प्राकृतिक वातावरणमा स्थानीय स्रोत साधनको प्रयोगलाई प्राथमिकता दिएर रिसोर्ट बनाइएको सञ्चालकले बताएका छन् ।

विज्ञापन

रिसोर्टमा २७ वटा सुविधा सम्पन्न कोठा रहेको छ । सुविधा सम्पन्न सुइमिङ्ग पुलसहितको रिसोर्टमा स्थानीय परिकारको स्वाद पनि लिन सकिने जनाइएको छ । यस्तै रिसोर्टले जंगल सफारीको व्यवस्था पनि गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैँडा, बाघ, मृगसहितका जंगली जनावर देख्न सकिन्छ । यस्तै नारायणी नदीमा सूर्यास्तको सुन्दर दृष्य पनि हेर्न सकिन्छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको जनाइएको छ ।

कार्तिक २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्