चिलेको राजधानीमा आपतकालीन अवस्था

चिलेको राजधानी सान्टियागोमा आपतकालीन अवस्था घोषणा गरिएको छ । मेट्रोको भाडा बढाएको विरोधमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि राजधानीमा आपतकालीन अवस्था घोषित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनकारीमा अधिकांश उच्चमाध्यामिक तथा विश्वविद्यालय तहका विद्यार्थी छन् । उनीहरुले राजधानी सान्टियागोका विभिन्न मेट्रो रेल स्टेसनमा तोडफोड तथा आगजनी गरेका छन् । उनीहरुले अधिकांश अण्डरग्राउण्ड स्टेसनमा आक्रमण गरेका हुन् ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् । सान्टियागोमा ६० लाख भन्दा बढीको बसोबास छ र त्यहाँको जीविकाका लागि लाग्ने खर्च अत्याधिक भएको भन्दै तीव्र आलोचना भइरहेको छ ।

तस्बिरहरु : रोयटर्स, इपिए र एएफपी

कात्तिक २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्