सुनखानीमा बाँध भत्किँदा कम्तिमा १५ जनाको मृत्यु

सुनखानीमा रहेको बाँध भत्किँदा रुसको साइबेरियामा कम्तिमा १५ जनाको ज्यान गएको छ । अरु १४ जना घाइते भएका छन् । साइबा नदीमा रहेको बाँध भत्किएको हो । भारी वर्षापछि शनिबार बाँध भत्किँदा सुनखानीमा काम गर्ने कामदारहरुको मृत्यु भएको हो ।

रुसको स्वास्थ्य मन्त्रालयले १४ जना खानी कामदारलाई अस्पताल लगिएको र त्यसमध्ये तीनजना गम्भीर घाइते रहेको बताएको छ । बाँधको निर्माण गर्दा न्यूनतम सुरक्षात्मक सर्तहरु पूरा नभएको आरोप लागेको छ । त्यस सम्बन्धमा अनुसन्धान सुरु भएको जनाइएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सराकरी अधिकारीहरुलाई आवश्यक सबै सहयोग र राहत उपलब्ध गराउन आदेश दिएका छन् । बाँध भत्किएर आएको बाढीले सुनखानीका कामदार बस्ने साना क्याबिनहरु बगाएको छ ।

कात्तिक २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्