दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

साङ्केतिक तस्बिर

दाङ– दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

शनिबार करेन्ट लाग्दा तुलसीपुर उपमहानगरपालिका वडा नं १० पड्डा निवासी ४७ वर्षीय टिकाराम भण्डारीको मृत्यु भएको हो।

विज्ञापन

आफ्नै घरमा कुवाबाट पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

शव पोष्टमार्टको लागि अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए।

कार्तिक २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्