गोठको गाई चोरी वनमा लगेर हत्या

फाइल तस्बिर

धनगढी – धनगढी उप–महानगरपालिका–१४ फुलबारीमा मासुका लागि गौ हत्या भएको खुलेको छ।

बिहीबार राति स्थानीय रामकृष्ण चौलागाईको गोठमा रहेको गाई चोरेर सोही ठाउँका अशोक तामाङ र दुईजना नाबालकले हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

विज्ञापन

गाईलाई वडा नम्बर–१४ कै जनकल्याण सामुदायिक वनमा लगेर काटे खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

गौ हत्या गर्ने ४५ पर्षे तामाङसहित दुईजना नाबालकलाई पक्राउ प्रहरी हिरासतमा ल्याइएको उनले बताए । उनीहरुका बन्चरो, हँसियासहितका हतियार बरामद भएको छ ।

कार्तिक ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू