नाकामा संयुक्त गस्ती

नेपालगञ्ज – भारतको उत्तर प्रदेशमा हुन थालेको उपनिर्वाचनलाई मध्यनजर गरेर आइतबार दशगजामा संयुक्त गस्ती गरिएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीहरुले जमुनाहा गेटदेखि ३० नम्बर पिलरसम्म संयुक्त गस्ती गरेका हुन् । बहराइचमा सोमबार उपनिर्वाचन हुँदैछ ।

गस्तीमा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक जगतबहादुर रावल, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक माधव रिजाल, भारतीय प्रहरी इन्स्पेक्टर मनिष पाण्डे र एसएसबीका रुपैडिहा इन्चार्ज रमेशकुमार सहभागी थिए ।

भारतमा हुन थालेको उपनिर्वाचनलाई मध्यनजर गरेर नेपालगञ्ज नाका सील गरिएको छ । सोमबार साँझसम्म नाका सील हुनेछ ।

नेपाल र भारतका सीमावर्ती अधिकारीहरुले एक अर्को देशमा चुनाव हुँदा नाका सील गरेर एक अर्कालाई सहयोग गर्दै आएका छन् । चुनावका बेलामा नाकामा अपराधिक गतिविधि हुन नदिन संयुक्त गस्ती गर्ने गरिन्छ ।

कार्तिक ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्