महराको बयान

‘मैले रोशनीलाई फोन गरेको हुँ  तर उनको निवास छिरेकाे छैन’

कृष्णबहादुर महरा/फाइल तस्बिर।

काठमाडाैँ– पूर्वसभामुख कृष्णबहादुर महराले आइतबार अदालतसमक्ष आफूले रोशनी शाहीलाई फोन गरेको तर उनको निवासमा प्रवेश नगरेको बयान दिएका छन्।

अनुसन्धानका लागि म्याद थप गर्न अदालत पुर्‍याइएका महराले आफू त्यो दिन रोशनी शाहीसँग फोनमा कुरा भए बमोजिम उनको घर भएको क्षेत्रमा गएको तर त्यहाँ गएर फोन गर्दा उनले नउठाएको बयान दिएका हुन्। ‘उनले फोन नउठाएपछि म २५ मिनेट जति सोही क्षेत्रमा अल्मलिएर निवास फर्केको हुँ।’

विज्ञापन

उनले आफूलाई फसाउन षड्यन्त्र भएको बयान पनि सरकारी वकिलसमक्ष दिएका छन्। उनको डीएनए परीक्षणका लागि अदालतले थप अनुसन्धानका लागि भन्दै पाँच दिन थुनामा राख्न म्याद दिएको हो।

कार्तिक ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्