कांग्रेसकाे कार्यक्रममा आक्रमणकाे आराेपमा पक्राउ परेका तीन जना धरौटीमा छुटे

नेपालगञ्ज – नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानका क्रममा गत भदाै २६ गते बाँकेको सीतापुरमा भइरहेको कार्यक्रममा प्रवेश गरेर आक्रमण गरेकाे आराेपमा पक्राउ परेका तीन जना धरौटीमा छुटेका छन् ।

कांग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँचिएको घटनामा संलग्न भनिएका नौ जनामध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो।

विज्ञापन

जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको आदेशमा आइतबार निर्मल खत्री, लोकबहादुर शाही र रोशनसिंह ठकुरी धरौटीमा छुटेका हुन्। उनीहरुलाई सबैलाई जनही एक लाख ५० हजार धरौटी मागिएको थियो।

भाद्र २६ गतेको उक्त घटनामा बाँके कांग्रेसले १० जनाविरुद्ध किटानी जाहेरी दिएको थियो। खजुरा–१ का वडाध्यक्ष सुमन मल्लको समेत नाम राखेर कांग्रेसले जाहेरी दिएकोमा बाँके प्रहरीले मल्लको संलग्नता कतै नदेखिएको भन्दै नौ जनाविरुद्ध मुद्दा चलाएको थियो। त्यसमा तीन जना पक्राउ परेका थिए। ६ जना अझै फरार रहेका छन्।

कार्तिक ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्