सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त

काठमाडौँ – सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् । बैंकको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागु हुने गरी श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

करिब २० वर्ष देखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका श्रेष्ठले स्थापनाकाल देखिनै बैंकसँग आबद्ध भईविभिन्न ओहदामा रही कार्यसम्पादन गर्नु गरेको र उनलाई अब कम्पनी सचिवमा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञापन

शाखा संचालन, ट्रेड प्रसाशन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्तो क्षेत्रमा उनको दक्षता रहेको छ । उनी सचिव नियुक्त हुँदासम्म सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८४ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

कार्तिक ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्