७४ हजार रुपैयाँसहित पक्राउ जुवाको खालबाट पाँचजना पक्राउ

दाङ – दाङमा प्रहरीले चाड पर्वमा रमाईलोका नाममा ठूलो धनराशी राखेर जुवा खेल्ने माथि कडा निगरानी गरिरहेको छ । यसैक्रममा प्रहरीले घोराहीबाट पाँचजनालाई साढे ७४ हजार रुपैयाँसहित जुवाको खालबाट पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका १५ मिलन चोकबाट ५ जनालाई ७४ हजार ५ सय ६० रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई मूलुकी अपराधसंहिता ऐन २०७४ को जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिए ।

कात्तिक ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्