भाइटीका आउन केही दिन मात्रै बाँकी रहँदा यसको तयारी तीव्र रुपमा भइरहेको छ । दिदीबहिनीहरु फूलमालासहित खानेकुराका परिकार तयार पार्न थालेका छन् ।

योसँगै फूलको व्यापारको सिजन पनि सुरु भएको छ । भक्तपुरको गुन्डुमा मखमली फूल ढकमक्क फूलेका छन् । मालीहरु मखमली फूलका माला उन्न व्यस्त छन् ।

तिहार आउन महिना दिन अघिदेखि नै त्यहाँ मखमली फूलका माला उन्न सुरु हुन्छ । ती मालाहरु तिहारका बखत बिक्री गरिन्छ ।

भाइटीकाका लागि मखमली फूलका माला तयार पारिँदै गरिएको गुन्डुमा पुगेर देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कैद गरेका केही तस्बिरहरु ।