प्रदेश दुईमा लोकसेवा आयोगले पायो पूर्णता

जनकपुरधाम – प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको छ । आज प्रदेश २ प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको कार्यालयमा आयोजित शपथग्रहण कार्यक्रममा दुईजनाले सदस्य पदमा सपथ लिएपछि प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको हो ।

राजपा नेपालको तर्फबाट महोत्तरी एकडारा निवासी महारुद्र झा र नेकपाको तर्फबाट सप्तरी जिल्लाको राजविराज निवसी डा. सुजाता देवलाई सिफारिस गरेर नियुक्त गरिएको छ ।

नियुक्त गरिएका दुवैजनालाई प्रदेश प्रमुख कायस्थले सपथ खुवाएका छन् । यस भन्दा पहिले लोकसेवा अयोगको अध्यक्षमा समाजवादी पार्टीको तर्फबाट डा. सुरेन्द्र यादवलाई नियुक्त गरिएको थियो ।

कात्तिक ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्