पटाकासहित दुई जना पक्राउ

जनकपुरधाम– तिहार र छठ नजिकिँदै गर्दा प्रहरीले सिरहाको विभिन्न स्थानबाट करिब ५० हजार रुपैयाँ बराबरकाे पटाकासहित दुईजनालाई पक्राउ परेको छ।

आइतबार र सोमबार सिरहाका विभिन्न प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले पाँच ठाउँबाट पटाकासहित दुई जनालाई पक्राउ गरेको छ।

विज्ञापन

पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिकाका २६ वर्षीय अनिल कुमार चौधरी र २० वर्षीय रोहित साह रहेको प्रहरीले जानकारी दिएको छ।

कार्तिक ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्