लागुऔषधसहित मोरङबाट पाँचजना पक्राउ

सांकेतिक तस्बिर

मोरङ– मोरङको विराटनगर महानगरपालिका र केराबारी गाँउपालिकामा गरी पाँचजना लागुपदार्थ खैरो हिरोइनसहित पक्राउ परेका छन्।

विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट लागुऔषध खैरो हिरोइनसहित एक व्यक्ति पक्राउ परेका हुन्।

सोमबार प्रहरी चेकजाँचका क्रममा बेलबारी नगरपालिकाका ४० वर्षीय सिद्धि गिरी ५ ग्राम २५० मिलिग्राम खैरो हिरोईनसहित पक्राउ परेका हुन्। पक्राउ परेका गिरीलाई इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ।

त्यसैगरि मोरङको केराबारी गाँउपालिकास्थित इलाका प्रहरी कार्यालयको टोलीले गाउँपालिकाका करण मगरको घरमा लागुऔषध सेवन गरीरहेको अवस्थामा चार जना युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २० वर्षीय करण मगर, २२ वर्षीय संदेश चौधरी, १९ वर्षीय सुशील खेवा र १९ वर्षीय विशाल चेम्जाेङ रहेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट प्रहरीले ५ सय मिलीग्राम ब्राउनसुगरसमेत फेला परेको बेलबारी प्रहरीले जनाएको छ।

कात्तिक ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्